आज :

अमेरिकी राजदुतको दादागिरी ः एमसीसी पास गर्न किन ढिला भन्दै सिहंदरबार पुगे

काठमाडौँ । अमेरिकी सहयोग निकाय एमसिसी पास गराउने उदेश्यका साथ हिजो ( आइतबार ) नेपाल स्थित अमेरिकी राजदुत ¥यान्डी बेरी सिहंदरबारमा पुगेका थिए । उनले रक्षामन्त्रालयको कार्यकक्षमा पुगी उपप्रधानमन्त्री पोखरेलाई भटेका थिए । भेटमा उनले एमसिसी सम्झौता कार्यान्वयनका लागि भइरहेको ढिलाइबारे कुराकानी गरेका छन ।

रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारका अनुसार बेरीले भने सम्झौता कार्यान्वयनलाई लिएर अमेरिकाले फेरि चासो व्यक्त गरेको छ । एमसीसीको सहयोगका लागि धेरै देशबाट माग भइरहेको अवगत गराउदै नेपालले पनि परियोजना कार्यान्वयनमा ढिलाई नगर्न सुझाब दिनुभयो । अनि जवाफमा उपप्रधानमन्त्री पोखरेलले सरकारले एमसीसी सम्झौतामा गम्भीर छलफल गरिरहेको उल्लेख गर्दै चिन्तित हुनुपर्ने अवस्था नरहेको भनेका थिए ।

यस अघि नेपाल सरकारले एमसीसी असार १६ गतेबाट कार्यान्वयनमा लाने निर्णय गरेको थियो । तर सत्तारूढ नेकपाको आन्तरिक विवादका कारण तथा जनस्तरबाट ब्यापक बिरोध भएपछि सम्झौता संघीय संसद्बाट अनुमोदन गर्ने प्रक्रिया अघि बढेकै छैन ।
कोभिड–१९ संक्रमणलाई कारण देखाउँदै यसपालिको बजेट अधिवेशनमा उक्त सम्झौता अनुमोदन नहुने भएपछि अर्थ मन्त्रालयले असार १५ गते एमसीसीको मुख्य कार्यालयलाई पत्र लेखेर कार्यान्वयन सुरु हुने मिति सार्नका लागि छलफल अघि बढाउन आग्रह गरेको थियो ।। तर अर्थ सचिव शिशिरकुमार ढुंगानाले हस्ताक्षर गरेको सम्झौता संसद्बाट अनुमोदन हुन नसकेको विषयमा भने केहि उल्लेख गरेको छैनन् ।

नेपालस्थित अमेरिकी दूतावासले असार १५ मा एक विज्ञप्ति जारी गर्दै तत्कालै सहयोग स्वीकार नगरे कोष सधैंका लागि उपलब्ध नहुने भन्दै कूटनीतिक शैलीमा असन्तुष्टि जनाएको थियो । विज्ञप्ति ‘एमसीसी अनुमोदनमा ढिलाइ गर्नुको अर्थ नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिको फाइदा उपलब्ध गराउन ढिलाइ गर्नु हो, भनिएको थियो, ‘यो अनुदान स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय भए पनि यो कोषको उपलब्धता सधैं खुला रहन सक्दैन भनेको थियो  ।

एमसीसी सम्झौता अनुमोदनलाई लिएर अनेक चर्चा चलिरहेका बेला गत असार १८ मा संसद्को बजेट अधिवेशन अन्त्य गरिएको थियो । त्यसअघि असार १० गते सभामुख अग्नि सापकोटाले संसद्को बजेट अधिवेशन १७ गतेसम्मका लागि स्थगन गरेका थिए । यो कदमलाई कतिपयले एमसीसी सम्झौता कार्यान्वयन सुरु हुने मिति गुजार्ने रणनीतिका रूपमा व्याख्या गरेका थिए ।

स्रोतका अनुसार राजदूत बेरीले एमसीसी सम्झौताकै विषयलाई लिएर केही दिनमै अर्थमन्त्री युवराज खतिवडालाई पनि भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal