
धनगढी । अनेरास्ववियु (क्रान्तिकारी)ले निजि शैक्षिक संस्थाहरुले शुल्क उठाउन गरेको निर्णयको विरोध जनाएको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले कोरोना महामारीका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द रहेपनि प्याब्सन र एनप्याब्सनले शूल्क उठाउन गरेको निर्णयविरुद्ध आन्दोनलका कार्यक्रम घोषणा गरेको छ ।
संगठनका सेती महाकाली ब्यूरो संयोजक विरेन्द्र शाहले बुधबार विज्ञप्ति जारी गरेर अनलाइन कक्षाको नाममा अभिभावक र विद्यार्थीलाई शूल्क तिर्न दवाव दिएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका छन् । “प्याब्सन र एनप्याब्सनको शुल्क उठाउने निर्णयको घोर भत्सर्ना र निन्दा गर्दछौं र शुल्क नतिर्न सम्पुर्ण अभिभावकहरुमा अपिल गर्दछौं” विज्ञप्तिमा भनिएको छ । उनले सुदूरपश्चिमका ९ वटै जिल्लाहरुमा रहेका शैक्षिक संस्थाहरुलाई शूल्क नउठाउने समेत भनेका छन् ।
त्यसैगरी शाहले विज्ञप्तिमा शूल्क र अखिल क्रान्तिकारी अपील समेत गर्दै विज्ञप्तिमा भनिएको छ, “निजि विद्यालयहरुद्वारा अनलाइन कक्षाको नाममा अभिभावक र विद्यार्थीहरु लाई भर्ना शुल्क र अन्य शुल्क तिर्न दिईएको दबाब रोकी हाल शुल्क नउठाउन सचेत गराउँदछौं ।
संयोजक शाहले शूल्क असुली रोक्न सं घर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । जसअनुसार असार १९ गते सुदूरपश्चिमका ९ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाउने, असरा २१ गते सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने र भर्ना र अनलाइन कक्षाको शिक्षाको लागि दवाव दिने विद्यालयलाई चेतावनी पत्र पठाउने र अटेर गरे कारवाही गर्ने बताएका छन् ।
विज्ञप्तिमा संयोजक शाहले बन्दाबन्दीको समयको लिइएको शुल्क फिर्ता गर्न र शूल्क नलिन निजि विद्यालयहरुलाई आग्रह गरेका छन् । त्यस्तै निजि विद्यालयहरुद्वारा अनलाइन कक्षाको नाममा अभिभावक र विद्यार्थीहरुलाई भर्ना शुल्क र अन्य शुल्क तिर्न दिईएको दबाब रोकी हाल शुल्क नउठाउन सचेत गराएका छन् ।
कमिशनको चलखेलमा निजि विद्यालयहरुले प्रत्येक वर्ष मनपरी ढंगबाट बदल्ने पाठ्य पुस्तकहरु यो वर्ष पूरानै पाठक पुस्तक कायम गर्न ध्यानाकर्षण गराउँनुको साथै सामुदायिक विद्यालयद्वारा अझैसम्म पनि अभिभावक वा विद्यार्थीलाई बोलाएर किताब पनि वितरण गर्न नसकेको भन्दै संयोजक शाहले उच्च सतर्कता अपनाएर विद्यार्थीहरु लाई पुस्तकहरु उपलब्ध गराउन अनुरोध गरेका छन् ।