आज :

पर्वतको काहुलेमा पहिरोः ८ जनाको शव भेटियो, एकजना बेपत्ता, यसरी गरिएको थियो उद्दार फोटोसहित

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा आएको पहिरोमा परी ज्यान गुमाउनेको संंख्या ८ पुगेको छ । एक जना अझै बेपत्ता छन् । शनिबार साँझ भारी वर्षासँग आएको पहिरोमा परी दुई घर पुरिएका थिए ।

स्थानीय तुलबहादुर थापा र विकास बिकको घरलाई पहिरोले पुरेको थियो । थापाका ६ जना बिकका ३ जना परिवारका सदस्यलाई पहिरो पुर्यो । आइतबार दिउँसोसम्म ८ जनाको शव भेटिएको छ भने एकजना बेपत्ता नै छन् ।

थापा परिवारका ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीय मिनकुमारी थापा, नातिनी ८ वर्षीया बिबिसा र नाती १४ वर्षीय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीय दिपा थापा र दिपाका छोरा १७ वर्षीय विवेक थापाको पहिरोमा परी ज्यान गएको छ ।

त्यसैगरी विकासकी श्रीमती ३२ वर्षीया कमला बिक र छोरी ८ वर्षीया प्रमिशा बिकको शव भेटिएको छ भने १३ वर्षीय जेनिस बिकको भने शव भेटिएको छैन । खोजी कार्य जारी रहेको छ ।

पहिरोबाट तुलबहादुरका छोरा अम्मर थापा र बुहारी रिमाया थापा भने ज्यान जोगिएका छन् । उनीहरु घरदेखि झण्डै पाँच सय मिटर परको डाँडामा पसल संचालन गर्दै आएका थिए भने छोरा सम्राट र छोरी विविशाले भने पहिरो परी ज्यान गुमाए ।

त्यसैगरी विकास विक वैदेशिक रोजगारीको क्रममा विदेश छन् । घर परिवार समालिरहेकी श्रमति कमला छोरीको शव भेटिएको छ भने छोरा जेनिसको खोजीकार्य भइरहेको छ ।

तुलबहादुरी छोरी दिपाको घर बागलुङको जैमिनी नगरपालिका–१ पैंयुथन्थाप. भएपनि उनी कुश्माबजारमा छोरा पढाएर बस्दै आएकी थिइन् । लामो लकडाउनका कारण माइतीघरमा बस्दै आएको बताइएको छ ।

फोटो- बैकुण्ठ गिरी

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal