आज :

कोरोना परीक्षण शूल्क ५ हजार ५ सय तोकियो, एक ठाउँबाट अर्को ठाउँ जाँदा परीक्षण अनिवार्य छैन

काठमाडौँ । सरकारले शूल्क कोरोना परीक्षण गर्न पाउने समेत निर्णय गरेको छ । त्यसको लागि ५ हजार ५ सय रुपैयाँ समेत तोकिएको छ । सःशूल्क परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पताल गरी तीन अस्पताल तोकिएका छन् ।

कोरोना परीक्षण गर्न आवश्यक ठह¥याएबाहेक तीन मापदण्डका व्यक्तिले शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाउने गरी निर्णयसमेत सरकारले गरेको छ । विदेशी कूटनीतिक निकायका व्यक्तिले, विदेश जानका लागि निरोगीताको प्रमाणपत्र पेश गर्नु परेका व्यक्तिले र कतैबाट पीसीआर परीक्षणका लागि अत्यावश्यक भनी सिफारिस भई आएकाले सःशुल्क पीसीआर परीक्षण गर्न पाउने व्यवस्था भएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यसैगरी घर बाहिरबाट फर्किदा वा एक ठाउँबाट अर्को ठाउँमा जाँदा कोरोना परीक्षण अनिवार्य नभएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा। जोश्वर गौतमले कोरोना सम्बन्धी निर्देशिकामा बाहिरबाट घर फर्किदा वा एक ठाउँबाट अर्को ठाउँ जाँदा कोरोना परीक्षण अनिवार्य नभएको बताए । केही दिन कोरोना परीक्षण नगरी घर फर्किन नदिएको, वहालमा बस्नेलाई घरभेटीले कोरोना परीक्षण मागेको भन्ने जानकारी आएको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको बताए ।

आइतबार नियमित पत्रकार सम्मेलनमा डा। गौतमले त्यस्ता बाध्यता नदिन सम्बन्धी सबैलाई आग्रह गरे । कोरोनाको लक्षण नदिए वा जसरी परीक्षण गराउँदा साधन स्रोतको दुरुपयोग हुने बताउँदै उनले क्वारेन्टाइनमा बस्नु उपयुक्त विकल्प भएको बताए ।

आइतबार ७३ जिल्लामा कोरोना पुगेको छ । पछिल्लो अवस्थाको जानकारी दिन नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। गौतमले पछिल्लो २४ घण्टामा ४ सय २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिए । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

त्यसैगरी कोरोनाको परीक्षण नीजि स्वास्थ्य संस्थाहरुमा गर्ने सरकारले निर्णय गरेको छ । नीजि क्षेत्रमा गरिने परीक्षणको खर्च सरकारले नै बेहोर्ने निर्णय समेत गरेको छ । सरकारले संकलन गरेका स्वाबलाई निजी प्रयोगशाला परीक्षण गर्न दिने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका जारी गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal