आज :

लकडाउनको ७८ औं दिनः लकडाउनमा कडाई, काठमाडौंमा खुलेका पसलहरु प्रहरले बन्द गरायो

काठमाडौं । आज कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै जारी गरिएको लकडाउनका ७८ औं दिन । लकडाउनका कारण हैरानी भएका काठमाडौँबासीले केही दिनदेखि अलि खुकुलो अनुभूति गर्दै दैनिकलाई सहज हुनेमा आशावादी थिए । जिल्ला प्रशासन र व्यपारीबीच भएको सहमतिअनुसार मंगलबार विहानै खुलेका पसलहरु प्रहरीले जबरजस्ती बन्द गराएको छ ।

आइतबार अलिअलि खुलेका पसलहरु सोमबार अलि बढि खुलेका थिए । दुई दिनसम्म सरकारले कुनै प्रतिक्रिया नजानाएपछि मंगलबार विहानैबाट काठमाडौँको न्यूरोड, असन, वौद्ध, वानेश्वर, कोटेश्वर, पुतली सडकका केही सपलहरु खुले । प्रहरीले खुलेका पसलहरु बन्द गराउन थाल्यो । जिल्ला प्रशासनसँग भएको सहमतिअनुसार पसलहरु खोजेको व्यापारीहरुले बताएका थिए भने प्रहरीले पसलहरु खोल्नेबारे आफूहरुलाई कुनै आदेश वा सूचना नआएको बताउँदै प्रहरीले पसल बन्द गरायो ।

प्रहरीले न्यूरोडका सपलहरु बन्द गराएपछि व्यापारीले जिल्ला प्रशासन कार्यालयसँग भएको सहमतिको तोडिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले आफूहरुले पसल खोल्न नपाएपछि प्रतिवाद गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

त्यसैगरी भक्तपुर र ललितपुरमा पनि स्थानीय प्रशासन र व्यापारीबीच पसल खुलाउनेबारे सहमति भएको थियो । काठमाडौंँ उपत्यकामा मंगलबार विहान केही ठाउँमा पसलहरु खुलेका छन् भने न्यूरोडलगायतका क्षेत्रमा प्रहरीले बन्द गराएको छ । व्यापारीहरुले जेठ २२ गतेदेखि विहान ११ बजेसम्म सपल खोल्दै आएका थिए । तर, यसबारे सरकारले औपचारिक रुपमा कुनै निर्णय गरेको छैन ।

त्यसैगरी लकडाउन खुकुलो भएको भन्दै विना कारण सडकमा निस्किएकाहरुलाई प्रहरीले चेकजाँच गरि फिर्ता पठाउने गरेको छ । काठमाडौंका विभिन्न स्थानहरुमा मोटरसाइल  आज विहानैबाट प्रहरीले चेकजाँचलाई कठाई गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal