आज :

श्रेष्ठ र डोटेल विभागबाट गेटआउटः पहिलो कारण- विवादित ओम सर्जिकलसँगको कमिसन चक्कर

काठमाडौँ । छोटै समयमा महेन्द्र श्रेष्ठले स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट हट्‍नु परेको छ । उनीसँगै व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेल पनि विभागबाट आउट भएका छन् । सरकारले श्रेष्ठ र डोटेललाई विहीबारबाट जिम्मेवारी खोसेर मन्त्रालय तानेको छ । अहिले दुबै जनालाई कुनै जिम्मेवारी दिइएको छैन । शुक्रबार मन्त्रालयमा हाजिर भएको बताइएको छ । अहिले कुनै जिम्मेवारी दिइएको छैन ।

विभागको महानिर्देशकमा  डा. दिपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको छ । त्यस्तै डोटेलको ठाउँमा डा. रमेश खरेललाई जिम्मेवारी दिइएको छ । कोरोना संकटसँग जुध्न भन्दै सरकारले फागुन ८ गते श्रेष्ठलाई विभागको महानिर्देकमा नियुक्त गरेको थियो । कोरोनासँगको लडाइँ घनिभूति हुँदैगर्दा श्रेष्ठलाई जिम्मेवारीबाट हटाएपछि विभिन्न प्रश्नहरु उठेका छन् ।

श्रेष्ठलाई हटाउनको मुख्य कारण दुई छन् भने डोटेल एउटै कारणले हटाइए । मन्त्रालय स्रोतका स्वास्थ्य सामाग्री खरिदको लागि दोस्रो पटक गरिएको खरिद सम्झौता नै श्रेष्ठ र डोटेल हट्नुको मुख्य कारण हो । ओम सर्जिकलका संचालक आरएस भण्डारीलगायतका केही मेडिकल माफियासँगको मिलेमत्तोमा खरिद सम्झौता गरिनु र समयमा समान ल्याउन नसक्दा पनि चुपचाप बस्नु नै श्रेष्ठ र डोटेल हट्नुको मुख्य कारण भएको स्रोतको दाबी छ ।

ओम्नी ग्रुपसँगको सम्झौता रद्द गरेका श्रेष्ठले ओम सर्जिकलसहित तीनवटा कम्पनीसँग दोस्रो सम्झौता गरेका थिए । ओम्नीसँगको सम्झौता नेताको तहबाटै भएकोले कमिसनको खेलमा पनि मन्त्री र सत्तारुढ पार्टीकै नेता भए । त्यसबाट चिडिएका श्रेष्ठले सम्झौताका समय बाँकी रहँदा नै सम्झौता रद्द गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री इश्वर पोखरेल श्रेष्ठसँगको रिसाएका थिए ।

ओम्नीसँगको सम्झौतामा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सन्तुष्ट थिएनन् । मन्त्री ढकाललाई बाइपास गर्दै सम्झौता गरिएको थियो । मन्त्री ढकाल र श्रेष्ठकै सहमतिमा ओम्नीसँगको सम्झौता रद्द गरेर हतारहतार दोस्रो पटक तीनवटा कम्पनीसँग खरिद सम्झौता गरियो । श्रेष्ठको अगुवाईमा भएको  सम्झौता गरिएका नीति कम्पनीहरु समयमै सामान दिन सकेनन् ।

विभागसँग सम्झौता गरेको विवादित ओम सर्जिकल कन्सर्न प्रा.लिले विभागसँग सबैभन्दा धेरै सामान ल्याउने सम्झौता गरेको थियो । तर, सम्झौताअनुसारको सामान समयमै दिन छोडेर चीनबाट स्वास्थ्य सामाग्री ल्याएर कालोबजारीमा लागेको भन्दै संचारमाध्यमहरुमा समाचार आउँदा पनि श्रेष्ठ र डोटेल चुपचाप बसे । ओम सर्जिकलले सम्झौता देखाउँदै करछुटमा चीनबाट स्वास्थ्य सामाग्री इटहरी, बुटवल र धनगढीमा पठाएर कालोबजारी गरेको आरोप लाग्दा पनि सामान्य सोधपुछ समेत गरिएन । अनलाइन डबलीसँग त्यतिबेला कुरा गर्दै डोटेलले सम्झौताअनुसारको सामान नदिए बजारमा बेच्‍न अपराध भएको बताउँदै कारवाही गर्ने बताएका थिए तर केही गरिएन ।

मन्त्रालय स्रोतका अनुसार श्रेष्ठले विवादित ओम सर्जिकल कन्सर्न प्रा.लि.का संचालक रामशरण भण्डारीसँग शंकास्पद भेटघाट बढाएका थिए । कमिसनकै कारण थपेको समयभित्र पनि ओमले सामान ल्याउन नसक्दा पनि श्रेष्ठ केही नभनी बसिरहेको आरोप लागेपछि मन्त्री ढकाल रिसाएका थिए । विश्वास गरेर नियुक्तिको सिफारिस गरिएको तर श्रेष्ठले संकटमा धोका दिएको मन्त्रीका  गतिविधिबाट   तुलनात्मक रुपमा इमान्दार मानिएका डोटेललाई श्रेष्ठले ओम सर्जिकलसँगको कमिसन खेलमा मुछेको विभागकै कर्मचारी बताउँछन् । कोरोना संकटको मुख्य जिम्मेवारी पूरा गर्नुपर्ने बेला श्रेष्ठ र डोटेल विभागबाट आउँट हुनुको मख्य कारण ओम सर्जिकलसँगको कमिसन चक्कर भएको बताइन्छ ।

विवादमा नमुछिएका र युवा जोसजागर भएका नयाँ महानिर्देशक डा. सिंहले कोरोना संकटसँग जुध्न समक्ष हुने मन्त्रालयले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal