आज :

आरडिटी रिपोर्ट नेगेटिभ आएका युवाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ११ पुग्यो

सुर्खेत । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । सुर्खेतका एक युवाको मृत्यु पनि कोरोनाकै कारण भएको पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका–१ का मृत्यु भएका २० वर्षीय युवामा कोरोना संक्रमण भएको रिपोर्ट आएको छ । आरडिटी रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर फर्र्किएका हाँलेका ति युवाको विहीबार विहान मृत्यु भएको थियो । घर पुगेको केही घण्टामै स्वास्थ्यमा सामान्य समस्या देखिएका उनको उपचार हुन नपाएरै मृत्यु भएको थियो ।

भारतबाट आएका ती युवाको पिसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशालामा परिएको परीक्षणको क्रममा कोरोना पोजेटिभ छ । प्रयोगशालाका संयोजक ओम आचार्यका अनुसार शुक्रबार विहान कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

जेठ ७ गते भारतबाट फर्केका ती युवालाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो । उनलाई जेठ २१ गते दिउँसो घर पठाइएको थियो तर राति २ बजे मृत्यु भएको थियो ।

कर्णाली प्रदेशमा दुई जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । यसअघि दैलेख दुल्लुका एक पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal