आज :

विदेशी विनिमय सञ्चिति २४ खर्बमाथि पुग्याे, १७.१ महिनासम्म धान्ने 

  • अनलाइन डबली

काठमाडौं । विदेशी सञ्चिति बढेर बढेर  २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । याे चालू आर्थिक वर्षको चैत मसान्तसम्म कुल विनिमय सञ्चिति हाे । यो सञ्चितिले १७.१ महिनाको वस्तु र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।

राष्ट्र बैंकको तथ्यांकका अनुसार २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । यस अवधिमा १८.९ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको तथ्यांकअनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई २१३६ अर्ब ४६ करोड पुगेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal