आज :

जुम्लामा पहिलो पटक १९ जनामा कोरोना संक्रमण, दैलेखमा थप २४ जना भेटिए

सुर्खेत । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । जुम्लामा पहिलो पटक कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा जुम्लाका १९ र दैलेखका २४ गतरी ४३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । संक्रमित हुनेमा दुई जना प्रहरी पनि छन् ।

प्रस्तिस्ठानका अनुसार जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् ।

त्यसैगरी दैलेख नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ र दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमितमध्ये दुई वर्षीय बालिकामा कोरोना संक्रमण भएको छ ।

सोमबारसम्म आइपुग्दा दैलेखमा मात्रै संक्रमितको संख्या ७२ पुगेको छ । कर्णाली प्रदेशभरी १ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal