आज :

सल्यान जाँदै गरेको माइक्रो बसलाई मध्यरात ट्रकले ठक्कर दिँदा ११ जनाको मृत्यु, २२ घाइते

नेपालगंज । ट्रकको ठक्करबाट बाँकेमा ११ जनाको मृत्यु भएको छ । कोरोना आतंकका कारण भारतबाट फर्केकाहरुलाई बोकेको माइक्रोबसमा ट्रकले ठक्कर दिएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जंगल क्षेत्रमा भएको दुर्घटनामा परी अन्य २१ जना घाइते भएका छन् । नेपालगंजबाट दाङ जाँदै गरेको माइक्रो सडक छेउमा रोकिएको थियो ।

दुर्घटनामा पर्नेहरु सबै सल्यानको भएको बताइएको छ । नेपालगंजबाट दाङ हुँदै सल्यान जान लागेको ना ५ ख ५९९५ नम्बरको मोइक्रो बस (हाइस) मा नेपाल जाँदै गरेको बा ४ ख ९०६४ नम्बरको ट्रक ठोक्किँएको थियो ।

प्रहरीका अनुसार ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । दुर्घटनामा घाइतेलाई नेपालगन्ज उपचार भइरहेको छ । जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुर्घटनास्थल अगैया देखि १३ किलोमिटर पश्चिममा पर्छ ।

गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ । शवहरु भेरी अस्पतालमा ल्याइएको छ । मृतकको सनाखत नभएको बाँके प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal