आज :

केपी ओली नक्कली राष्ट्रवादी हुन्

सन् १८१६ को साबिक नक्सा जनताको दवावपछि आफ्नो गुम्नै लागेको कुर्सी बचाउन केपी ओलीको दलाल सामाजिक फासिवादी सरकारले सार्वजनिक गर्याे । यसलाई सरकार र उस निकटका मान्छेहरुले नयाँ नक्सा भनेर सार्वजनिक हवाला दिइरहेका छन्, जो शाब्दिक रुपमा नै गलत छ । यसले अन्ततः भारतलाई नै सहयोग पुग्नेछ । यहि बिषयलाई लिएर अहिले एउटा दलालहरुको समुहले राष्ट्रघाती दलाल केपी ओलीलाई कथित राष्ट्र नायकको पगरी गुथाउन खोजेको देख्दा राष्ट्रप्रतिको उपहास भएको महसुस भएको छ । यो भनेको ‘लंका साँध्ने हनुमान पगरी गुथ्ने गुनो’ भनेजस्तै हो । केपी ओली हिजो पनि दलाल हुन् र आज पनि दलाल नै हुन् । अहिले भारतसँग उनको नमिलेको भनेको एसएसआर र भाजपासँग मात्रै हो । उनी अहिले पनि काङ्ग्रेस आइ र ‘र’ का एजेण्ट नै हुन् ।

भारतले कालापानीमा सडक बनाउन लागेको केपीलाई सबै थाहा थियोे र उनकै पालामा सडक खनिएको हो । तर, उनले कहिले मलाई सडक खनेको थाहै थिएन भन्ने, कहिले यस्तो नक्सा मैले पढेको छैन भन्ने त कहिले यो भूमि भारतलाई लिजमा दिन सकिन्छ भन्नेजस्ता गैरजिम्मेवार अभिव्यक्ति दिँदै आएका थिए । त्यो भूमि भारतकै हो भनेर उनले भूमि ब्यवस्था मन्त्री पदमा अर्याललाई त्यसै बोल्न लगाएका होइनन् । पहिला भारतले कालापानीसहितको आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालले पनि सार्वजनिक गर्नु पर्याे भन्दा हामी भुमि फिर्ता ल्याउदै छौं नक्सा किन सार्वजनिक गर्ने भन्ने जवाफ दिँदै आएका थिए । तर अहिले किन नक्सा सार्वजनिक गर्ने ठाउँमा पुगे भने यो उनी बिरुद्धको जनआक्रोसलाई बिषयान्तर गर्ने र आफ्नो गुम्न लागेको कुर्सी बचाउने उद्देश्यले गरेका हुन् । किनकि पुँजीवादी शासकहरुको बिशेषता नै के हुन्छ भने, एउटा समस्या आयो भने त्यसलाई समाधान गर्नुको सट्टा नयाँ समस्या जन्माउने र पहिलो समस्यालाई समाधान होइन कि बिषयान्तर गर्ने हुन्छ । जस्तो कि धेरै परको कुरा नगरेर यसै कालापानी समस्या यताको घटना क्रमलाई हेर्दा पनि त्यो पुष्टि हुन्छ । हरेक काण्डमा मुछिँदै आएको केपी सरकार जव कालापानीको भुगोल आफ्नो देशमा समेटेर भारतले नक्सा निकाल्यो तव केपी ओलीको दलाल सरकारले पहल गर्न नसकेकोमा आलोचना र बिरोध भइरहेको बेला एमसीसी आयो । एमसीसीको बिरोध हुँदै गर्दा गोकुलकाण्ड र कोरोना संकट आयो । कोरनाको संकटमा असफल साबित भएको बेला कथित अध्यादेश र सांसद अपहरण काण्ड आयो । यसले पार्टीभित्र र बाहिर ओली सर्वाङ्ग नाङ्गो भएको बेला फेरि कालापानी, लिपुलेक, लिम्पियाधुरा सडक काण्ड आयो । यसले झन् केपीको कुर्सी ढल्ने निस्चित भएको बेला यो नक्सा प्रकरण आयो र केपीबिरुद्धको आक्रोस राष्ट्रियताको सवालमा केन्द्रीकृत भयो ।

यसकै आवरणमा फेरि केपीले फिर्ता भएका पुराना अध्यादेश ल्याउने, आफू अनुकुलको नीति कार्यक्रम पास गर्ने र संसद्को अबरोध र बिरोधलाई छल्ने अवसर पाएका छन् । यसले पार्टीभित्र र बाहिरको बिरोध अनि कोरोना संकटको असफलताबाट केपीलाई केही समय आराम गराएको छ । सुगौली सन्धि पश्चातको साबिकको नक्सा सार्वजनिक हुनु सकारात्मक हो तर केपीले यसलाई भारतीय साम्राज्यवादले अतिक्रमण गरेको भूमि फिर्ता गर्नुभन्दा पनि यसकै बलमा एमसिसि पास गर्ने उद्देश्य राखेका छन् । आफ्नो बुद्धि र क्षमताभन्दा अरुद्वारा सञ्चालित दलालहरु भनेका जसको हातमा पर्याे उसकै हतियार सावित हुन्छन् । केपी त्यस्तै पात्र हुन । अहिले भारतले केपी सरकार चाइनाको निर्देशनमा चलेको र नक्सा चाइनाकै सल्लाहमा सार्वजनिक गरेको आरोप लगाएको छ । त्यसको व्यवहारिक पुष्टिता हुँदै जाला तर यो बिषयमा चाइना पनि बोल्न जरुरी छ । किनकि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्ने कुरा बेलायत, अमेरिका र चाइनिज पुस्तकालयमा रहेका नक्साहरुले पनि सावित गर्ने तथ्य नक्सा बिदहरुले गरेका छन् । यो बिषयमा नेपालले संयुक्त राष्ट्र संघमा पनि कुरा उठाउन जरुरी छ र जतिसक्दो छिटो यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । तर केपीको सरकारले मन्त्री परिषदबाट नै यसलाई अहिले अन्तर्राष्ट्रियकरण नगर्ने निर्णय गरेको छ जसले थुप्रै आशंका पैदा गरेको छ ।

त्यसकारण केपीले जनदबाब र सत्ता स्वार्थका कारण भारतीय साम्राज्यवादद्वारा अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गरेता पनि व्यवहारिक रुपमा भूमि फिर्ता गर्ने सवालमा तदारुकता देखाउने संभावना देखिँदैन । उनी आँखा देख्ने सवलाङ्ग भएता पनि सत्ता उन्मादमा धिर्तराष्ट्रजस्ता अन्धा हुन र उनलाई चलाउने सकुनीहरुका कारण आफू र आफ्नो बंश नाश गर्नेछन् । उनलाई कथित राष्ट्र नायकको पगरी गुथाउन खोज्ने शकुनी रफुकारहरुको उत्साह छिट्टै मुतको न्यानोमा परिणत हुनेछ । आखिर बिरालो खास्टोमा ढाके पनि म्याउ गरिँनै हाल्छ । कथित एकीकृत महाकाली सन्धिका मसिहा केपी नै हुन् । यो कालापानी सवाल पनि महाकाली सन्धिको एक अंग भएर आएको छ । उनी न राष्ट्रवादी हुन्, न कम्युनिस्ट हुन्, न गणतन्त्रवादी हुन् मात्रै स्वाँठ दलाल शासक हुन् । यस्ता नालायक नक्ट्टा शासकहरु देश र जनताको हितमाभन्दा पनि आफ्नो कुर्सी स्वार्थमा केन्द्रित हुन्छन् । कथित अध्यादेश ल्याएर मधेसी दल फुटाउने र आफ्नो कुर्सी बलियो बनाउने खेलमा भारतले रातारात मधेसीहरुलाई बाबुरामसँगको सहकार्यमा ल्याएर आफुलाई असफल पारेको झोक फेर्न पनि केपीले यो नक्सा प्रकरण गरेका हुनसक्छन् । किनकि केपी नक्कली राष्ट्रवादी हुन् ।

तसर्थ राष्ट्रिय सार्वभौमिकता र अखण्डताको लागि नेपा्ली जनता नै अग्रसर हुनुपर्छ । अहिले भारतीय उत्पिडनकारी शासक र शासक वर्गीय ब्यक्ति र मिडियाहरुले स्वाधीन नेपाल र स्वाभिमानी नेपाली जनताका बिरुद्ध अपमानजनक बिषवमन गरिरहेका छन् । यसको हामी वीर नेपालीहरुले डटेर सामाना गर्नुपर्छ । आइ परे जाइ लाग्ने हामी नेपालीको पहिचान हो । यदि भारतीय साम्राज्यवादले यस्तै प्रकारको उत्पीडित ब्यवहार प्रदर्शन गर्दै गएमा भारतमा रहेका सबै श्रमिक र गोर्खा सैनिक नेपाल फिर्ता आउनुपर्छ । आफ्नै बिशाल भुमिमा पसिना बगाएर बाँच्नु पर्छ । पराधिनताको जिन्दगीबाट मुक्त हुनुपर्छ । भारतीय साम्राज्यवादले हाम्रो सम्पुर्ण अतिक्रमित भुमि फिर्ता नगरेमा राष्ट्रिय मुक्ति युद्ध गर्ने तयार हुनुपर्छ । यसो भयो भने दक्षिण एशियाका धेरै देशहरु भारतीय अतिक्रमणका बिरुद्ध राष्ट्रिय मुक्ति युद्धमा सामेल हुनेछन् । यसबाट मात्रै हामी नेपालीहरु वास्तविक रुपमा सार्वभौमसत्ता सम्पन्न र आत्मनिर्भर देशका नागरिक बन्ने छौं ।

अहिले भारतीय उत्पिडनकारी शासक र शासक बर्गिय ब्यक्ति र मिडियाहरुले स्वाधीन नेपाल र स्वाभिमानी नेपाली जनताका बिरुद्ध अपमानजनक बिषवमन गरिरहेका छन् । त्यसमा पनि फिल्मी कलाकार मनिषा कोइलाका बिरुद्ध जसरी तल्लो स्तरको गाली गजौल र टिप्पणीहरु आएका छन् ती खेद जनक र आपत्तिजनक छन् । भारतीय फिल्मीजगत संस्कृतिमा निकै ठुलो योगदान गरेकी नेपाली हिरोनीको मानमर्दन गर्नु भनेको नेपाल र नेपालीको निम्ति त सैह्य हुने कुरो भएन स्वयं भारतीय कलाकर्मीको निम्ति पनि लज्जावोधको बिषय हो । यसको हामी वीर नेपालीहरुले डटेर सामाना गर्नुपर्छ । आइ परे जाइ लाग्ने हामी नेपालीको पहिचान हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal