आज :

लकडाउनको ६० औं दिनः कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो, डडेल्धुरा र बैतडीमा पहिलो पटक संक्रमण

काठमाडौं । आज लकडाउनको ६० औं दिन अर्थात दुई महिना पूरा भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५०० नाघेको छ ।

शुक्रबार थप २० जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै संक्रमितको संख्या ५०७ पुगुेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो पटक डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनामुक्त भएको कैलालीमा पुनः कोरोना देखा परेको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

भारतबाट उद्दार गर्न थालेपछि नयाँ संक्रमित भेटिएका हुन् ।

त्यसैगरी बाँकेमा १४ जना संक्रमित थपिएका छन् । राप्ती सोनारीका १८ वर्षीय पुरुष र १३ जना नरैनापुरका हुन् ।

उता मोरङको रतुवामाई- २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal