आज :

ब्रेकिङ : स्वास्थ्य मन्त्रालयले भन्यो-धुलिखेल अस्पतालमा ज्यान गुमाउने महिला कोरोनाबाट मृत्यु हुने पहिलो

काठमाडौै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा ममृत्यु भएको महिला कोरोना संक्रमित भएको बताएको छ । यसअघि पुष्टि हुन बाँके भन्दै आएको मन्त्रालयले राति ८ः ५० सूचना जारी गरेर कोरोनाबाट मृत्यु भएको  पहिलो घटना भनेको छ ।

सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका सहप्रबक्ता डा. समिरकुमार अधिकारीका अनुसार ती महिला १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको छ ।

ती महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ आएपछि मन्त्रालयले पुष्टि गर्दै कोरोनाबाट पहिलो मृत्यु घटना भएको बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal