आज :

भारतविरुद्ध अमेरिकामा नाराः लिम्पियाधुरा, कालापानी-लिपुलेक हाम्रो हो, गो ब्याक इन्डिया (भिडियोसहित)

काठमाडौँ । भारतीले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेपछि देशभर विरोध भइरहेको छ । सबै पेशाकर्मी र आम नागरिक भारतीय अतिक्रमणको विरोध गरिरहेका छन् ।

जारी लकडाउनलाई बेवास्त गर्दा नेपालमा विरोध भइरहेको बेला अमेरिकामा पनि विरोध प्रदर्शन भएको छ । अमेरिकामा बस्दै आएका नेपालीहरुले भारतीय अतिक्रमणको विरुद्ध सडकमा उत्रिएका छन् ।

नेपालको राष्ट्रिय झण्डा बोकेर नेपालीहरुले सकडमा भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए । ‘लिपुलेक हाम्रो हो, लिम्पियाधुरा-कालापानी हाम्रै हो, गो ब्याक इन्डिया’ भन्दै नाराबाजी लगाएका थिए । विरोध र्यालीलाई सम्बोधन गर्दै अगुवाहरुले भारतले नेपालीभूमि अतिक्रमण गरेर सडक निर्माण गरेको भन्दै विरोध जनाएका थिए ।

आफूहरु अमेरिकामा बसेपनि आफ्नो देश र मातृभूमि प्यारो भएको भन्दै आवश्यक परे लिपुलेकमा रगत बगाउन तयार भएको बताएका थिए ।

भिडियो

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal