आज :

प्रधानमन्त्रीले ओलीले भने-लिपुलेकमा भारतले खनेको सडक ‘भाडा’ मा दिन सकिन्छ

काठमडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरी लिपुलेकमा बनाएको सडक भाडामा दिन सकिने बताएका छन् । भारतले अतिक्रमण गरेर बनाएको सडक क्षेत्रलाई भाडामा लिन सकिने तर जमिन छोड्न नसकिने बताए ।

बुधबार बसेको सर्वदलीय बैठकमा ओलीले सडक प्रयोजनको लागि भाडामा लिने अन्तर्राष्ट्रिय अभ्यास भएको उल्लेख गर्दै लिपुलेक क्षेत्रलाई पनि भारतलाई भाडामा दिन सकिने संकेत गरेका गरे । सहभागी एक नेताका अनुसार प्रधानमन्त्रीले घुमाउरो भाषामा भाडा दिने प्रस्ताव गरे ।
बैठकमा प्रधानमन्त्रीले भाडा दिनुभन्दा पहिले भूमिमै नेपालको स्वामित्व स्थापित गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेस सुवालले भारतसँग कुटनीतिक तवरले नै कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय टुंगो लगाउनुपर्नेमा जोड दिएको बताउ ।

प्रधानमन्त्रीले भारतले खनेको सडकलाई स्थानीयले नै खनेको पनि हुन सक्ने भन्दै अनविज्ञता प्रकट गरेका थिए । भारतले त्यत्रो सडकको उद्घाटन गरिसक्दा पनि प्रधानमन्त्रीले स्थानीयले खनेको हुन सक्नु आपत्तिजनक भएको एक सहभागीले बताए ।
सांसद सुवालले बैठकपछि संचारमाध्यमलाई दिएको जानकारीअनुसार प्रधाधनमन्त्री ओलीले अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न नहुने भन्दै कुटनीतिक रुपमा समाधान खोजिनुपर्ने बताए ।

बैठकमा सहभागी नेताहरुले सरकारलाई यथार्थ नक्सा सार्वजनिक गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal