आज :

चीन र भारतीय सैनिकबीच सिक्किमको नाकुलामा कुटाकुट, चार भारतीय सैनिक घाइते

काठमाडौँ । चीन र भारतबीच सिक्किमस्थित सीमा क्षेत्रमा विवाद उत्पन्न भएको छ । लामो समयदेखि विवाद रहेको उक्त क्षेत्रमा चीन र भारतीय सैनिकबीच हतियारविनाको लडाइँ भएको छ । दुबै देशका सेनाबीच भएको कुटाकुट भएको बीबीसीले बताएको छ । कुटाकुटबाट दुबै देशका सैनिक घाइते भएका छन् ।

विवाद बढ्दै गएपछि दुबै देशका सेनाबीच हात हालाहाल भएको भारतीय संचारमाध्यमहरुले पनि बताएका छन् । कुटाकुटमा चीनका सात र भारतका चार सैनिक घाइते भएका छन् । ढिलो गरी सार्वजनिक भएको उक्त घटनालाई दुबै देशका सैन्य अधिकारीहरुले विवाद समाधान गरिसकेको बताइएको छ ।

उक्त क्षेत्रमा झन्डै ३,४०० किलोमिटर लामो सीमा क्षेत्रमा दुवै देशमा विवाद कायमै छ । सो क्षेत्रमा दुबै देशका सेनाले एकअर्कासँग छाती जुझाउने, धकेल्ने र ढुङ्गा हानाहान गर्ने र कुटाकुट गर्दै आएका छन् ।

केही वर्षअघि दोक्लम विवादले दुई देशको सम्बन्ध चिसिएपछि भारत र चीनका शीर्षस्थ नेताबीच वार्ता भएको थियो ।

समुद्री सतहभन्दा ५,००० मिटरको उचाइमा रहेको नाकुला सीमा क्षेत्रमा सन् १९६२ मा भारत र चीनबीच युद्ध भएको थियो । त्यो युद्धपछि विवाद भएपनि गोली भने चलेको छैन ।

सन् २०१७ मा चीन र भारतबीच दोक्लामा पनि विवाद छ । केही समय पहिले चीनले भारतीय सैनिक आफ्नो भूभागमा प्रवेश गरेको भन्दै त्यहाँबाट हट्न भनेको चेतावनी दिएको थियो । भारतले आफ्ना सैनिकलाई नहटाए लाजमर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको थियो ।

भारतले वार्ताको पहल गरेपनि चीनले दोक्लामबाट भारतीय सेना फिर्ता नभएसम्म कुनै वार्ता नहुने बताएको थियो । उक्त क्षत्र भारतसँग नभएर भुटानसँग सीमा जोडिएको छ । तर, भारतले भुटानलाई सहयोग गर्न चीनले बनाउँदै गरेको सडक निर्माणमा अवरोध पुर्याउन सो क्षेत्रमा गएको सेना पठाएको थियो ।  चीनले सीमा क्षेत्रमा सडक निर्माण गरेकोभन्दै रोक्न दोक्लाम पुगेको थियो तर आफूले नेपालको भूमि अतिक्रमण गरेर चीनसँग जोड्ने सडक‍को उद्घाटन गरेको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal