आज :

लकडाउनबीच अखिल क्रान्तिकारीले काठमाडौँमा जलायो भारतीय नक्सा (भिडियोसहित)

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले भारतको नक्सा जलाएको छ । नेपालीभूमि समेटिएर पछिल्लो पटक प्रकाशित गरेको भारतको नयाँ नक्सा आइतबार काठमाडौँमै जलाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले भारतले नेपालीभूमि लिपुलेक, कालापानी क्षेत्रमा सडक निर्माण गरेको विरोधमा नक्सा जलाएको हो । भारतीय अतिक्रमणको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको अखिल क्रान्तिकारीले काठमाडौँको चावहिल, नयाँबसपार्कसहित ललितपुर र भक्तपुरमा पनि भारतीय नक्सा जलाएको छ ।

संगठनका उपत्यका विशेष ब्यूरोले घोषणा गरेका कार्यक्रमअनुसार आइतबार साँझ उपत्यका र आसपासका जिल्लाहरुमा .एकैसाथ भारतको झण्डा जलाएको छ । भारतको झण्डा जलाउँदै विद्यार्थीहरुले भारतविरुद्ध चर्का नारा लगाएका थिए । उनीहरुले भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गरेर नेपालको राष्ट्रिय स्वाधिनतामा नै हस्तक्षेप गरेको भन्दै नाराबाजी गरेका थिए ।

शनिबार उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले विज्ञप्ति जारी गर्दै पहिलो चरण बैशाख ३१ गतेसम्म चरणवद्ध संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

अखिल क्रान्तिकारीले शनिबार साँझ भारत र नेपालका प्रधानमन्त्रीको पुत्ला जलाएको थियो ।

भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal