आज :

कोरोनबाट बच्‍न हिडेरै घर गइरहेका मजदूरलाई भारतमा रेलले किच्यो, १६ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसबाट बच्न भनेर हिडेर घर गइरहेका मजदूरलाई भारतमा रेलले किचेको छ । महाराष्ट्रबाट मध्य प्रदेश गइरहेका मजदूरलाई शुक्रबार विहान रेलले किँच्दा १६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घटना महाराष्ट्रको औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । उनीहरु लकडाउनका कारण हिडेरै घर गइरहेका थिए । एक स्टिल कम्पनीमा काम गर्ने उनीहरुले ४० किलोमिटरको यात्र गरिसकेका थिए ।

लकडाउनका कारण रेल नचल्ने ठानेर रेलवे ट्र्याकमा सुतिरहेको बेला रेलले किचेको भारतीय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । लामो यात्रा गरेका मजदूरहरु भोक र थकाईले रेल ट्रयाकमै सुतेको बताइएको छ । रेलवेको छेउबाटै घर यात्रा गरेका मजदूरहरुले लकडाउनका कारण रेल नचल्ने ठानेको घाइतेहरुले बताएका छन् ।

रेलवेको लिक भन्दा बाहिर टाउँको राखेर सुतेका ५ जना मजदूर घाइते मात्रै भए । उनीहरुमध्ये केही अवस्था गम्भीर छ ।

करमाड प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए । शुक्रबार बिहान सवा ५ बजे उनीहरुलाई रेलले कुल्चेको स्थानीय प्रहरीले बताएको छ ।

लकडाउनका कारण रेल सेवा बन्द रहेपनि मालवाहक रेल सञ्चालन भइरहेका छन् ।

यसैबीच प्रधानन्त्रीले घटनाप्रति दुःख जताएका छन् । मृतकका परिवारलाई पाँच लाख सहयोग प्रदान गर्ने भारत सरकारले बताएको छ ।

  • फोटोः दैनिक भाष्कर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal