आज :

बन्दु चन्द रिहा,नेकपाका केन्द्रीय सदस्यसहित एक जिल्ला इन्चार्ज एक सेक्रेटरी इन्चार्ज गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ बन्द चन्द रिहा भएकै दिन केन्द्रीय सदस्य अनिल शर्मासहित दुई जिल्ला इन्चार्जलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपा निकट अखिल नेपाल महिला संघ (क्रानितकारी) अध्यक्ष समेत रहेकी चन्दलाई सर्वोच्च अदालतको आदेशमा कपिलबस्तुको तौलिहवाबाट रिहा गरिएको हो । उनलाई प्रहरीले १४ महिना अघि अछामबाट गिरफ्तार गरेको थियो ।

बन्दुको रिहाई हुँदै गर्दा प्रहरीले नेकपाका केन्द्रीय समेत रहेको रातोखबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’लाई प्ररहीले अस्पतालबाटै गिरफ्तार गर्यो । लडेर घाइते अवस्थामा रहेका शर्मा चितवनको पुरोना मेडिकल कलेजमा उपचार गराउँदा गराउँदै प्रहरीले गिरफ्तार गरेको हो ।

मंगलबार साँझ प्रहरीले नेकपाका दुई जिल्ला सेक्रेटरीलाई पनि गिरफ्तार गरेको छ । चितवन जिल्ला सेक्रेटरी दुर्गाप्रसाद सुवेदी ‘विजय’ लाई कोरोना पीडितलाई राहत वितरण गर्दागर्दै प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

प्रहरीले विजयलाई मङ्गलबार साँझ साढे ६ बजे भरतपुर ११ स्थित एक टोलीमा राहत वितरणको तयारीकै क्रममा गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

यसअघि प्रहरीले नेकपाका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, पासाङ तामाङ र पासाङ शेर्पालाई सोमबार राति सुतिरहेको अवस्थामा फायरिङ गर्द गिरफ्तार गरेको थियो ।

नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर कोरोनाबाट देशमुक्त नभएसम्म पार्टी सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गरेको घोषणा गरेका थिए । विप्लवले सम्पूर्ण नेता कार्यकर्तालाई कोरोना पीडितको राहत र उद्दारमा खट्न निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal