आज :

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गर्‍यो पिसिआर प्रविधिबाट कोरोना परीक्षण, पहिलो रिपोर्ट यस्तो

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कोरोनाको पिसिआर प्रविधिबाट परीक्षण सुरु गरेको छ । पहिलो चरणमा परीक्षण गरिएका ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबारबाट पिसिआर प्रविधिबाट प्रतिस्ठानले परीक्षण सुरु गरेको हो । पहिलो दिनमा मुगुको खत्याडमा खटिएका ७ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको थियो ।

अस्पतालका निर्देशक डा. मंगल रावलका अनुसार सबैको रिर्पोट नेगेटिभ आएको छ । मुगुको खत्याडमा एक जनामा र्यापिड टेस्ट गर्दा कोरोना पाजेटिभ देखिएपछि प्रतिष्ठानले स्वाब संकलन गरेको थियो ।

त्यसैगरी ४५ दिन अघि भारतबाट आएका तातोपानीका स्थानीयका पनि रिर्पोट परीक्षण गरिएको थियो ।

जुम्लामा पिसिआरबाट कोरोना परीक्षण सुरुभएपछि साबिको कर्णालीमा सहज भएको छ । प्रतिस्ठानले परीक्षण सुरु गरेसँगै कर्णालीका नागरिक खुशी भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal