आज :

उत्तर कोरिया कोरोनाभाइरसबाट मुक्त भएको घोषणा, विश्‍व नै चकित

काठमाडौँ । कोरोनाभाइरसले विश्वलाई आतंकित बनाइरहेको छ । विश्वमा करिब १० लाख मानिसहरु संक्रमित भएका छन् । झण्डै आधा लाखको मृत्यु भइसकेको छ ।

तर, उत्तर कोरियाले भने आफ्नो देश कोरोनाभाइरसबाट मुक्त रहेको घोषणा गरेको छ । उत्तर कोरियाका सरकारी संचारमाध्यमलाई उदृद्ध गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उत्तर कोरियाले सो घोषणा गरेको हो ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले केही पहिले पार्टीको राष्ट्रिय अधिवेशन आह्वान गरेका थिए । जसमा ७ सयभन्दा बढी सदस्य रहेका छन् । विश्वका हरेक देशहरुले दुईजनाभन्दा धेरै जम्मा नहुन आदेश गरिरहेको बेला उत्तर कोरियाले राष्ट्रिय भेला बोलाएको हो ।

यो घोषणासँगै विश्वका शक्त सम्पन्न भनिएका देशहरु चकित भएका छन् । अमेरिकाले उत्तर कोरियामाथि नाकाबन्दी गरेको छ ।

विश्व कोरोनासँग लडिरहेको बेला केही दिन पहिलेमात्रै उत्तर कोरियाले लगातार क्षेप्यास्त्र प्रहार गरिरहेको थियो ।

विश्‍वका अधिकांश देशहरु लकडाउन भएको बेला उत्तर कोरिया भने सामान्य अवस्थामा छ । उसले आफ्नो सैनिक गतिविधिलाई पनि जारी राखेको छ ।

कोरोनाबाट बच्‍न सक्यो भने शक्ति सम्पन्‍न देशको कमजोर हुने र उत्तर कोरिया शक्तिशाली देश घोषित हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal