आज :

कोरोनामा कमिसनः खरिद सम्झौता रद्द, अधुरो नै रह्‍यो करोडौं कमाउने सपना !

काठमाडौं । अन्ततः कोरोनाभाइरस सम्बन्धि स्वास्थ्य उपकरण ल्याउन गरिएको सम्झौता भएको छ । कमिसनको चक्करमा बिना प्रतिस्पर्धा ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरिएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बुधबार उक्त खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको जानकारी दिए । बजार मूल्यभन्दा दशौं गुण बढी खरिद सम्झौता गरिएको उक्त विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ ।

स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि भन्दै विभागले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन सम्झौता गरेको थियो ।

सो सम्झौतामा कमिसनको खेल भएको भन्दै चौतर्फी विरोध भएको थियो । सुरुका दिनमा महानिर्देशक श्रेष्ठले सो सम्झौताको रक्षा गरेपनि अख्तियार दुरुपयोग आयोगमै उजुरी परेपछि भने पछि हटेका छन् ।

दुई दिन अघि पत्रकार सम्मेलन गर्दै बचाउ गरेका श्रेष्पठले बुधबार भने काम गर्न नसकेकोले सम्झौता रद्द गरेको जानकारी दिए । प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, उपप्रधान तथा रक्षामन्त्री नै सम्झौता जोडिएपछि सरकारको चौतर्फी विरोध भएको थियो ।

उक्त समूहको ओबिसीआई कम्पनीले आइतबार चीनबाट पहिलो लडमा ल्याएको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) कमसल भएको बताइएको छ । उक्त पीपीई आफूहरुले प्रयोग नगर्ने प्रदेश नं एकका स्वास्थ्यकर्मीले घोषणा गरिसकेका छन् ।

सुरुमा केही महंगो हुन सक्ने बताएका विभागका महानिर्देशक श्रेष्ठले बुधबार भने मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरे । उनले ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय गरेको बताए ।
पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । १ लाख सेट पीपीई पहिलो लटमा ल्याउने सम्झोता थियो । तर १० हजार थान मात्र आयो । एन ९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क पनि सम्झौता अनुसार दिन सकेन । पहिलो लटमा १० हजा एन९५ मास्क र र १ लाख जोडा ग्लोब्स मात्र आएको छ तर तेस्रो लटमा ल्याउनुपर्ने ७५ हजार थार्न यापिड टेष्ट किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको श्रेष्ठले जानकारी दिए । उनले किट प्रयोगका लागि पनि अयोग्य भएको पाइएको छ ।

आलोचनाबाट बच्न सरकारले सो समूहलाई कालोसूचीमा समेत राख्ने बताएको छ । अब विभागले अब नयाँ खरिद प्रक्रिया सुरु गर्ने बताइएको छ ।

योसँगै संकटको बेला स्वास्थ्य सामाग्रीको खरिदमा करोडौं कमाउने सपना भने अधुरो नै रहेको छ । यो सम्झौतामा प्रधानमन्त्रीका सल्लाहकार, रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि जोडिएका समाचार सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal