काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनको दिन मंगलबार काठमाडौँसहित पूरै देश सुनसान भएको छ । राजधानी काठमाडौँ उपत्यका विहानैबाट सुनसान छ । सडकमा फोहोर, संचार गृह, दूध, औषधिका गाडी र एम्बुलेन्स फाट्टफुट्ट चलेका छन् ।
सूचना नपाएका र अत्यवाश्यक कामको लागि सडकमा निस्केका व्यक्तिहरुलाई प्रहरीले माइकिङ गरेर घरघरमा बस्न र बाहिर हिड्नै परे मास्क लगाउन भनिरहेका छन् ।
फ्रन्सबाट फर्केकी एक युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएसँगै सरकारले सोमबार एक हप्तासम्म लकडाउन गर्ने निर्णय गरेको थियो । पहिलो दिन सफल भएको छ । यो एक कर्फ्यु जस्तै भएकोेले कसैले पनि सरकरको निर्देशन अटेर गरेका छैनन् ।
यसअघि विभिन्न जिल्लाहरुले कफ्र्यु जारी गरिसकेका थिए ।