आज :

आजबाट लामो दूरीका यातायात बन्द, नेपाल भारत सीमा नाका पनि बन्द

काठमाडौं । कोरोनाभाइरसको प्रभावलाई कम गर्न भन्दै आजबाट लामो दूरीका सवारी साधान बन्द गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनको क्रममा घोषणा गरिएअनुसार आज (सोमबार) बाट देशभर चल्ने यात्रुबहाक सवारी सधान संचालनमा रोक लगाइएको हो ।

सार्वजनिक सवारी साधानमा रोक लगाएसँगै घर फर्किने तयारीमा रहेका यात्रुहरु अलपत्र परेका छन् । यातायात व्यवस्था विभागका अनुसार लामो दुरीका सवारीसाधन भन्नाले २ सय ५० किलोमिटरभन्दा बढी दुरीमा गुड्ने सवारीसाधनलाई रोक लगाइएको हो ।

त्यसैगरी आजबाट नेपाल भारत सीमा नाका पनि बन्द गरिएका छन् । भारतबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै सरकारले वीरगञ्जस्थित नेपाल–भारत सीमा नाका बन्द गराएको छ । यो नाकाबाट नेपाल फर्किनेको घुइँचो लागेको थियो । यसअघि नेपालगंजस्थित जमुनाह नाका पनि बन्द गरिएको थियो । भोलीबाट गड्डाचौकी नाका पनि बन्द गर्ने तयारी भइरहेको छ ।

त्यसैगरी भारतीय नागरिकलाई भने नेपाल प्रवेशमा रोक लगाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal