आज :

कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो, भारतमा तीनजना

काठमाडौं । कोरोना भाइरसको संक्रमण दिनदिनै भुसको आगो झैं फैलिरहेको छ । अमेरिकाका ५० वटै राज्यमा महामारी फैलिइसकेको छ भने यूरोपका प्राय सबै देशहरुमा मृत्यु हुनेको संख्या बढिरहेको छ ।

अहिलेसम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ६ सय जनाको मृत्यु भएको छ । त्यसैगरी १ लाख ८२ हजार ६ सय ५ जना संक्रमित भएको मध्ये ७९ हजार ८ सय ८१ जनाको सफल उपचार भएको छ ।

९५ हजार ५ सय ५३ जना उपचारकै क्रममा छन् । तिमध्ये ६ हजार १ सय ६३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

इटलीमा मृतकको संख्या २ हजार नघेको छ । स्पेनमा ३ सय ४२ जनाको मृत्यु भएको छ । फ्रान्समा १ सय ४८, स्विजरल्यान्डमा १९, बेलायतमा ५५, नेदरल्यान्डस्मा २४, अमेरिकामा ९१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी गएको २४ घण्टामा इरानमा ८ सय ५३ जनको मृत्यु भइसकेको छ थियो । पछिल्लो अपडेट भएको छैन ।

यसैबीच भारतमा पनि कोरोनाको संक्रमण बढ्दै गइरहेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार कोरोनाका कारण भारतमा तीन जनाको मृत्यु भइसकेको छ
मुम्बइको कस्तुरबा अस्पतालमा ६४ वर्षका एक वृद्धको मृत्यु भएको बताइएको छ । गत हप्ता ती वृद्ध र उनको श्रीमती र छोरालाई अस्पताल भर्ना गरिएको थियो । उनीहरु तीनैजना दुवइबाट आएका थिए ।

मंगलबार उपचारको क्रममा वृद्धको मृत्यु भएको हो भने पत्नी र छोराको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक सय २८ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal