आज :

कर्णालीका पत्रकारको प्रदेश सरकारले स्वास्थ्य बीमा गरिदिएको छः मन्त्री भण्डारी (भिडियोसहित)

काठमाडौँ । कर्णाली प्रदेश सरकरका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पत्रकारका समस्यालाई निःशूल्क बीमा गरिदिएको बताएका छन् । कर्णालीमा पत्रकारिता गर्नु निकै जोखिमपूर्ण रहेको बताउँदै भण्डारीले प्रदेश सरकारले ‘पत्रकार स्वास्थ्य बीमा’ कार्यक्रम लागु गरेको बताए ।

संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले भने, “कर्णालीमा कार्यक्षेत्र बनाई पत्रकारिता गर्नु निकै जोखिमपूर्ण छ । त्यो सरकारले बुझेर सरकारले नै पत्रकारको स्वास्थ्य बीमा गरिदिएको छ ।” उनले समस्यामा पर्दा परिवारलाई राहत होस् भनेर बीमा कार्यक्रम लागु गरिएको बताए ।

मन्त्री भण्डारीले कर्तव्य पालनको सिलसिलामा कार्यक्षेत्रमा पत्रकारको निधन भएमा सरकारले परिवारलाई दुई लाख पचास हजार रुपैयाँ पाउने जानकारी समेत दिए । “जोखिमविरुद्धको सामुहिक बीमा गर्यौं तर पत्रकार साथीहरुको अलगै बीमा पनि गरेका छौं । गत सालबाट त्यो कार्यक्रम लागु भइसकेको छ । कुनैपनि पत्रकारको कर्तव्य पालनाको क्रममा कर्यक्षेत्रमा निधन हुन गएमा उहाँको परिवारलाई दुई लाख पचास हजार उपलब्ध गराउने गरी राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरेका छौं । कार्यक्षेत्रमा निधन भएका सुर्खेतका पत्रकार नन्दु गेलानका परिवारले पाइसक्नु भएको छ” मन्त्री भण्डारीले भने ।

त्यसैगरी पत्रकारको वृत्ति विकासको लागि आम संचार प्रतिस्ठानको गठनको प्रक्रिया अगाडि बढेको समेत मन्त्री भण्डारीले जानकारी दिए ।

भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal