आज :

प्रधानमन्त्री ओलीलाई आज फेरि अस्पताल ‍लगिँदै 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज फेरि अस्पताल लगिँदैछ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर बालुवाटर फर्केका ओलीलाई आज (आइतबार) त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) जाँदैछन् ।

मिर्गौला प्रत्यारोपणको क्रममा प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टन्ट निकाल्न आज अस्पताल जाने भएका हुन् । शुक्रबार साँझ मात्र सरकारी निवास बालुवाटार फर्किएका ओलीको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

यसैबीच कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि साझा रणनीति बनाउन आइतबारै हुने भनिएकाे सार्क राष्ट्रहरूबीच भिडयो संवाद (कन्फरेन्स) मा पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ।

अपराह्न ५ बजे हुने भिडियो कन्फरेन्समा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुने उनकाे सचिवालयले जनाएकाे छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal