आज :

ट्रम्पले गरे कोरोना भाइरस संक्रमणको जाँच, यस्तो छ रिपोर्ट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा कोरोना भाइरसको संक्रमणको जाँच गरिएको छ । रुघाखोकी देखिएपछि ट्रम्पको जाँच ह्वाइट हाउसका डाक्टरले गरेका थिए । ट्रम्पमा कोरोना संक्रमण देखिएको छैन ।

ह्‍वाइ हाउसका डाक्टरले भने, ‘आज बेलुका मैले परीक्षणको नतिजा नेगेटिभ भएको पाएँ,’ सिन कोन्लेले शनिबार जारी गरेको एक वक्तव्यमा भने ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार फ्लोरिडा रिसोर्टमा ब्राजिलका प्रतिनिधीमण्डलसँग आयोजित बैठकको केही दिनपछि उनको कोरोना भाइरसको परिक्षण गरिएको थियो । बैठकमा समावेश ब्राजिलका केही प्रतिनिधीमण्डलमा कोरोना भाइरस देखिएको थियो ।

ब्राजिलका राष्ट्रपतिका सहयोगी फाबियो वाज्नगार्टेनमा पनि कोरोना संक्रमण देखिएको थियो । ७३ वर्षे ट्रम्पले उक्त भेटपछि आफूमा कुनै लक्षण नदेखिएको भन्दै सेल्फ आइसोलेशनमा बसेनन् । उनको स्वास्थ्य परीक्षण शुक्रबार गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal