आज :

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतार भर्ना भएका छन् । मृर्गौला प्रत्यारोपणका लागि ओली सोमबार साँझ त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल महाराजगञ्‍ज पुगेका थिए ।

यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मृर्गौला प्रत्यारोपण गरिँदैछ । त्यसैको लागि ओली सोमबार बेलुका सवा ६ बजे अस्पताल पुगेका हुन्।

अस्पताल जानुअघि प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत् सम्बोधन गरेका थिए। ओलीली  प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गरेका थिए ।

त्यसैगरी ओलीले आफ्ना समर्थक तथ शुभचिन्तकहरुलाई ढुक्क रहन समेत भनेका थिए ।  ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । उनलाई भान्जीले मिर्गौला दिनेछिन् । त्यसैगरी  सन्देशमा प्रधानमन्त्री ओलीले आफूले जगाएका सपनाहरुलाई बीचमा छाडेर अलप नहुनेसमेत बताएका छन् । ।

ओलीको मृर्गौला प्रत्यारोपणको नेतृत्व  त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट वरिष्ठ सर्जन डा. प्रेमराज ज्ञवालीले गर्नेछन् । युरोलोजी डिपार्टमेन्टका अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन्।

त्यसैगरी अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने बताइएको छ । नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाहको नेतृतुवमा डा. महेश सिग्देल, डा.मुकुन्द काफ्लेलगायत रहेन अस्पताल स्रोतले बताएको छ । युरोलोजीमा प्रा.डा.उत्तम शर्मा, डा. ज्ञवाली, डा.भोजराज लुइँटेल, डा. पवन चालिसे कार्यरत छन्।

प्रधानमन्त्री ओलीले पहिलो पटक भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा २०६४ सालमा मृर्गौला प्रत्यारोपण गराएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal