काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा चार जनालाई आइसोलेसन वार्डमा राखिएको छ । चीन र कोरियाबाट फर्केका उनीहरुलाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालका अनुसार दक्षिण कोरियाबाट फर्किएका ३ जना र चीनबाट स्वदेश फिर्ता भएका एकजनामा कोरोनाको लक्षण देखिएपछि उनीहरुलाई आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ । चारै जनामा रुघाखोकीका लक्षणहरु देखिएपछि अस्पताल आएका र उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको छ ।
अहिलेसम्म कोरोनाको संक्रमण नदिएपनि सुरुमा एकजना लक्षण देखिएको थियो । उनी उपचारपछि घर फर्किसकेका छन् । चीन र कोरियाबाट फर्केका २३ जनालाई आइसोलेसन वार्डमा राखिएको बताइएको छ ।
आइतबार दिउँसो ३ बजेसम्म दुई जना र बेलुकी थप दुई जना टेकु अस्पताल पुगेका थिए । उनीहरुको स्वास्थ्य परीक्षणपछि नमुना संकलन गरेर ल्याबमा पठाएकाले आज रिर्पोट आउने अस्पतालले जनाएको छ ।
- फाइल तस्विर