काठमाडौं । कानुन व्यवसायी, सञ्चारकर्मी र मानवअधिकारवादीहरुले सरकारले अघि बढाएको सूचना प्रविधि सम्बन्धी विधेयक आपत्तिजनक भएको बताएका छन् ।
उनीहरुले पारित नगर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नागरिकको बोल्न पाउने अधिकारलाई कुन्ठित पार्ने उद्देश्यले ल्याइएको सूचना प्रविधिसम्बन्धी विधेयक अत्यन्त लज्जास्पद रहेको टिप्पणी गरे ।
विधेयक जस्ताको तस्तै पारित गरिए यसले नागरिक स्वतन्त्रतालाई हनन् गर्ने उनीहरुको भनाइ थियो । कार्यक्रमका सहभागीहरुले संविधानले सुनिश्चित गरेको अधिकारलाई दबाउँदै सरकारले विधेयकलाई पारित गर्न खोजेको निष्कर्ष निकाले ।