News Portal

  • ट्रिपर दुर्घटनामा २ जनाको मृत्यु

    ४१४ पटक

    नुवाकोट । बिदुर नगरपालिका वडा नं.१२ मा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    सडक निर्माणको काम गर्ने मजदुरहरु चढेको ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

    घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

    मृतक र घाइते सबै बाहिरी जिल्लामा काम गर्ने मजदुरहरु रहेका छन् । मृतकको सनाखत भएको छैन ।

    प्रतिकृया दिनुहोस्