काठमाडौं । बेलायत आउँदो जनवरी ३१ मा यूरोपियन यूनियनबाट बाहिरिने भएको छ ।
संसदमा प्रधानमन्त्री बोरिस जोनसनले ल्याएको प्रस्ताव पारित भएसँगै बेलायत ईयूबाट बाहिरिने भएको हो ।
जनवरी ३१ मा इयूबाट बाहिरिने प्रस्तावको पक्षमा ३५८ र विपक्षमा २३४ सांसदको मत परेको हो । बेलायत इयूबाट बाहिरनका लागि अब एक चरण मात्रै बाँकी रहेको प्रधानमन्त्री जोनसनले बताएका छन् ।
विधेयकमाथि आउँदो जनवरी ७, ८ र ९ मा संसदमा छलफल हुने भएको छ ।