News Portal

  • १५ दिनभित्र सटर खाली गर्न थारुवान स्वायत्त परिषद्‍को चेतावनी

    ४९० पटक

    धनगढी । थारुवान स्वायत्त प्रदेशले जनयुद्धमा कब्जा गरिएको जग्गामा सटर बनाएर चर्कोमा भाडामा दिएको भन्दै हटाउन भनेको छ । जनयुद्धको क्रममा कब्जा गरिएको ग्रामीण विकास बैङ्कको जग्गा साउन १५ गते पुनः कब्जा गरिएको परिषदले जानकारी पनि गराएको छ ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कैलालीले गठन गरेको बर्दगोरिया जनपरिषदले उक्त जग्गा आफूले पुनः कब्जा गरेको बताउँदै सटर खाली गर्न चेतावनी दिएको छ । उसले भूमाफियाहरुले उक्त जग्गामा भवन बनाएर सटर भाडा दिएर व्यवसायीबाट चर्को भाडा असुल गरिरहेको भन्दै आपत्ति समेत जनाएको छ ।

    परिषदले उक्त विवादित जग्गामा सूचना टाँस गरेर १५ दिनभित्र सटर खाली गर्न चेतावनी दिएको छ ।

    प्रतिकृया दिनुहोस्