पोखरा । नेपाल विज्ञापन संघको गण्डकी प्रदेश संयोजकमा शोभा गौतम चयन भएकी छिन् ।
बिहीबार पोखरामा एक कार्यक्रमकाबीच संघको कार्यसमितिको निर्णय अनुसार गौतमलाई संघका अध्यक्ष रविन्द्र कुमार रिजालले विज्ञापन संघ गण्डकी प्रदेश संयोजकको रूपमा घोषणा गरे ।
विज्ञापनका नीति र नियमलाई विस्तृत कार्यान्वयनका निम्ति आनले प्रदेश संरचनालाई अगाडि बढाएको संघका अध्यक्ष रिजालले जानकारी दिए ।
आगामी दिनमा प्रदेश सरकारहरूसँग समन्वय गरेर विज्ञापन क्षेत्रलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने उल्लेख गरे । नव नियुक्त प्रदेश संयोजक गौतम पोखरा स्थिति सफल एड्भटाइजिङ्गकी प्रवन्ध निर्देशक हुन् ।
उनी विगत ५ वर्षदेखि विज्ञापन, संचार र इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा कार्यरत रहेकी छिन् ।