काठमाडौं । प्रहरीले किर्ते गरेको आरोपमा काठमाडौंमा एक अधिकृत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मीनभवन मालपोतका शाखा अधिकृत स्टालिन भण्डारी रहेका छन् । उनीमाथि झापामा कार्यरत हुँदा सरकारी लिखत कीर्ते गरेको आरोप लागेको छ ।
परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार सरकारी लिखत कीर्ते गरेकोले झापा जिल्ला प्रहरीबाट पक्राउका लागि पत्राचार भएपछी उनलाई पक्राउ गरी झापा पठाउने तयारी भएको छ ।