आज :

३ बच्चा अपहरण गरेर फिरौती माग्ने २ जना पक्राउ

काठमाडौं । प्रहरीले ३ जना बच्चालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा-१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार २९ मंसिरमा आमा पोखरा गएका वेला सामाखुशीबाट ३ जना बच्चा अपहरित भएका थिए ।

अपहरण गरेर टोखा-९, शान्ति टोलस्थित होटल ब्लू स्टारको कोठा नं. ४०४ मा लगेर बन्धक बनाइएको थियो । बन्धक बनाएर ३ लाख रुपैयाँ फिरौती माग गरिएको थियो ।

प्रहरले बन्धक बनाएर राखेको होटल सञ्चालकलाई पनि लापरबाही गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेका हो । हाल उनको नाम खुलाइएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal