आज :

८ विकेटले पोखरालाई बुटवल ब्लास्टर्सले गर्यो पराजित

काठमाडौं । आजको पहिलो खेलमा बुटवल ब्लास्टर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको छ ।

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग ९पिपीएल० टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङ शुरु गरेको पोखराले पूरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १२१ रन बनायो ।

प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा रहेको बुटवल पोखराले दिएको १२२ रनको लक्ष्य १४ ओभरमा मात्र दुई विकेटको नोक्सानीमा भेट्टायो । प्रतियोगितामा ४ खेल खेलि सकेको पोखराले एक खेल मात्र जित हाँसिल गरेको छ ।

अब पोखराले ‘प्लेअफ’ खेल्नका लागि बाँकी एक खेल जितेर मात्र पुग्दैन अरु टोलीको नतिजामासमेत भर पर्नुपर्ने बाध्यता छ । शुरुआती ब्याटस्म्यान अफ्ताबुद्दिन अहमद र शङ्कर रानाले पहिलो विकेटका लागि ८७ रनको उत्कृष्ट साझेदारी गरेपछि बुटवलले खेलमा सुखद शुरुआत गरेको थियो ।

आफ्नो अर्धशतक पूरा गर्ने क्रममा रसिद खानको बलमा ‘क्याच आउट’ हुनुअघि खेलका ‘म्यान अफ दी म्याच’ अहमदले ४६ बलमा १२ चौका र दुई छक्कासहित ७५ रन जोडे । जितसँगै बुटवलले चितवन राइनोजसँग समान ४ अंक बराबरी गरेको छ ।

यद्यपि चितवनले एक खेल कम खेलेको छ भने अन्य टोलीको समान २ अंक रहेको छ । पहिलो ओभरको दोस्रो बलमा शुरुआती ब्याटस्म्यान कशुल भुर्तेल रनको खाता नै नखोलेर बाहिरिएपछि घरेलु टोली पोखरा दबाबमा आएको थियो ।

भुर्तेललाई ललित भण्डारीले एलबीडब्लु आउट गरेका थिए । पोखराका लागि रविइन्दर सिंहले ४२ बलमा दुई चौका र दुई छक्का सहित ४५ रनमा अविजित रहदै टोलीका लागि मध्यमस्तरको लक्ष्य प्रस्तुत गरे ।

त्यस्तै प्रथमेश ढाके २० बलमा एक चौका र एक छक्कासहित २० रनमा अविजित रहे भने रोहित पौडेलले १८ बलमा एक चौका एक छक्कासहित १९ रन जोडे । बुटवलका हर्ष टङ्कले ४ ओभर बलिङमा जम्मा १० रन खर्चिएर २ विकेट लिए भने शिवम सिंह, ललितसिंह भण्डारी र नितेश थापाले समान १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal