आज :

माग पुरा नहुदा नगरपालिकामा तालाबन्दी कायमै

राजविराज । व्यापक भ्रष्टाचार भएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकामा युवाहरुद्वारा गरिएको तालाबन्दी छैटौँ दिन पनि कायम छ ।

माग सम्बोधनमा चासो नदिएको भन्दै युवाहरुले शुक्रबार पनि पातो बजारमा टायर बालेर प्रर्दशनसमेत गरेका हुन् । भ्रष्टाचार बन्द गर, भ्रष्टाचारीलाई कारवाही गर लगायतका माग राख्दै थालिएको आन्दोलनको एक साता वित्दा पनि माग सम्बोधनमा कुनै चासो नदिएपछि प्रदर्शन गर्नु परेको प्रदर्शनकारीको भनाइ छ ।

नगरपालिकाको हरहिसाब सार्वजनिक गर्नुपर्ने, कार्यालयका लागि हालसम्म खरिद गरिएका सरसमानको विवरण र बिल सार्वजनिक गर्नुपर्ने मागसहित उनीहरुले गत मंसिर २९ गतेदेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

नगर प्रमुख शिवनारायण साहले कार्यालयमा लगाइएको ताला खुलाउन युवाहरुसँग वार्ताको पहल भइरहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal