आज :

मुशर्रफको शव तीन दिनसम्म फाँसीमा झुण्डाइने

काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

बिहीबार विशेष अदालतको यस्तो फैसालाको पूर्णपाठ सार्वजिक भएको हो । १६७ पृष्ठ लामो पूर्णपाठमा फैसला सजायअघि मृत्यु भयो भने उनको शव तीन दिनसम्म फाँसीमा झुण्ड्याउन भनिएको छ ।

बीबीसीका अनुसार अदालतको फैसलामा मुशर्रफको मृत्यु फाँसीको सजाय दिन अघि नै भयो भने उनको शवलाई इस्लामावादको डी चोकमा ल्याएर ३ दिन झुण्ड्याउन भनिएको छ ।

फैसलामा भनिएको छ, ‘‘हामीले अभियुक्तलाई हर एक अपराधमा दोषी पाएका छौँ । त्यसैले उनलाई फाँसीमा अन्तिम श्वाससम्म झुण्ड्याइयोस् ।’ पाकिस्तानमा कुनै सैन्य शासकलाई मृत्युदण्डको सजाय सुनाइएको यो पहिलो अवसर हो ।
न्यायाधीशहरुको ३ सदस्यीय बेञ्चले २-१ को बहुमतले यो फैसला सुनाएको थियो । ७६ वर्षिय मुशर्रफ अहिले दुबईको एक अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal