आज :

ब्राउन सुगरसहित ३ जना पक्राउ

कञ्चनपुर । पुनर्वासबाट ब्राउन सुगर खैरो (हिरोईन) सहित कारमा सवार ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साझ करिब साढे ५ बजे तिर भारतीय बजार बसहिबाट आउदै गरेको अवस्थामा पुनर्वास नगरपालिका ६ ङ गाउँबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ५ का २० वर्षिय सुभाष भट्ट ,सोही ठाउँका २३ वर्षिय पुरन धामी र २४ वर्षिय लक्ष्मण कडायत रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायव निरीक्षक गोपाल बोहराले जानकारी दिए ।

पक्राउ परेकाबाट २ ग्राम ब्राउन सुगर बरामद भएको छ । तिनै जना बा ५ च ७९३६ नम्बरको कारमा आएका र कार पुनर्वास ६ ङ गाउँमा पार्किङ गरेर भारतीय बजार गएर ब्राउन सुगर ल्याएको बताए ।

पक्राउ परेका तिनै जनालाई लागू औषध ऐन अन्तर्गत मुद्दा दर्ता गरि म्याद थप गरिएको र बरामद गरिएको कार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा रहेको प्रहरी नायव निरीक्षक गोपाल बोहराले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal