आज :

आजदेखि वकिल र प्रहरीको सम्मेलन शुरु हुँदै

काठमाडौं । आजदेखि सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृतहरुको संयुक्त सम्मेलन काठमाडौंमा शुरु हुँदैछ ।

राष्ट्रिय सभागृहमा आयोजना हुने दोस्रो राष्ट्रिय सम्मेलनको दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो । आज उद्घाटन कार्यक्रम मात्रै हुने र भोलीदेखि समूहगत छलफल अघि बढ्ने महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले जानकारी दिएका छन् ।

सम्मेलनमा देशभरका सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृत गरी ६ सय भन्दा धेरै सहभागी हुने छन् । भोलीदेखि ६ वटा समूहमा समूहगत छलफल संचालन गरिने प्रवक्ता रेग्मीले बताए ।

सम्मेलनमा नयाँ संहिता लागू भएपछि त्यसको कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायबारे छलफल हुने छ ।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलबीच सहकार्य बढाउन र सरकारवादी मुद्दामा वस्तुनिष्ट र बैज्ञानिक अनुसन्धान गरी बलियो प्रमाण संकलनका लागि सम्मेलन फलदायी हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal