News Portal

  • बसको ठक्करबाट एक जनाको मृत्यु

    १५२ पटक

    झापा । आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका ३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन् ।

    बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्वरको वसले ठक्कर दिएको थियो ।

    बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्