आज :

मोदी सरकारविरुद्ध भारतमा आन्दोलन चर्किँदै, ९ जनाको गोली लागेर  मृत्यु

काठमाडौं । भारतमा सरकारविरुद्ध देशभर आन्दोलन चर्किँदै गएको छ । मोदी सरकारले नागरिकता सम्बन्धी ल्‍याएको नयाँ कानुन विभेदकारी भएको भन्दै देशभर विरोध प्रदर्शन जारी छ । मुस्लिम धर्मालम्बिहरुलाई विभेद गर्दै मोदी सरकारले  हालै ल्याएको नयाँ कानुन ल्याएको छ । उक्त कानुनले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो ।

भारतीय संचारमाध्यमहरुका अनुसार प्रहरीले आन्दोलनकारीलाई गोली हानिरहेको छ । अहिलेसम्म सुरक्षाकर्मीको गोली लागेर ९ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । बिहीबार थप तीनजनाको मृत्यु भएपछि यो संख्या पुगेको हो ।

प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा मात्र २० ओटाभन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको थियो । पहिलोपटक मोबाइल सेवा अवरुद्ध पारिएको छ । सुरक्षाकर्मीले सयौं आन्दोलनकारीलाई पक्राउ गरेको छ ।

प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले गोलीसमेत चलाएको छ ।

नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् । भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानुनी व्यवस्था छ ।

अंगीकृत नागरिकताका लागि भने ६ वर्षमात्र बसेको वा काम गरेको हुनुपर्ने नयाँ कानुनी व्यवस्था गरिएको छ । मुस्लिमहरुलाई भने कानुनले विभेद गरेको प्रदर्शनकारीहरुको आरोप छ ।

आलोचकहरुले भने प्रधानमन्त्री नरेन्द्र मोदी गत वर्ष हिन्दु राष्ट्रको मुद्दा लिएर चुनावमा विजयी भएपछि उत्साहित भएर यस्तो निर्णय गरेको टिप्पणी गरेका छन् । उनीहरुले भारतलाई हिन्दुराष्ट्रको रुपमा भारतको आकार बदल्न र आफ्नो आधारशीला कमजोर पार्न लागिपरेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal