आज :

(नेकपा)को स्थायी समिति बैठकः पार्टी ‘दाई काँग्रेस’ बन्‍न सक्छः श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रबक्ता नारायणकाजी श्रेष्ठले बहुदलिय व्यवस्थामा चुनावमात्र जित्ने उद्देश्य लिए काँग्रेसभन्दा फरक नहुने बताएका छन् । पार्टीको जारी स्थायी समिति बैठकमा बोल्दै श्रेष्ठले पार्टी एकताबारे सही बुझाई हुन नसके (नेकपा) ठूलो वा दाई काँग्रेस मात्र बन्ने बताएका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको बैठकमा प्रवक्ता श्रेष्ठले (तत्कालीन एमाले र माओवादीको) पार्टी एकताले समाजवादी क्रान्तिको नेतृत्व गर्दै मुलुकलाई समाजवादतर्फ लैजाने प्रक्रियाको वैधानिक रुपमा नेतृत्व गर्ने, बैचारिक कार्यदिशासहित पार्टीलाई नयाँ ठाउँमा पुर्याउने उद्देश्यले पार्टी एकता भएको भन्ने बुझाई सही भएको बताए । उनले भने, “होइन, बहुदलीय व्यवस्था छ । यसमा चुनाव हुन्छ र त्यो चुनाव जित्नुपर्छ भन्ने मात्र हो भने हामी ठूलो कांग्रेस मात्र हुनसक्छौं ।”

त्यसैगरी अर्को प्रसंगमा बोल्दै प्रबक्ता श्रेष्ठले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनले अन्तर्राष्ट्रिय परिस्थितिको सही विश्लेषण गर्न नसकेको भन्दै पुनर्लेखन गर्नुपर्ने धारणा राखेका थिए । उनले प्रतिवेदनको मुलत सही भएको समेत बताए ।

त्यस्तै केन्द्रसँगै प्रदेश र स्थानीय सरकार सञ्चालन प्रभावकारी नभएको भन्दै श्रेष्ठले पार्टीको भूमिका हुनुपर्नेमा जोड दिए । सरकारको मुख्य विषयहरुमा पार्टीको निर्णय तथा निर्देशनहरु लागू हुनेपर्नेमा श्रेष्ठले जोड दिँदै सरकार संचालनको लागि संयन्त्र बनाउनु पर्ने बताएको बताइएको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal