आज :

नागरिकता कानुनको विरोधमा केही स्थानमा हिंसात्मक प्रदर्शन

काठमाडौं । भारतमा विवादास्पद नागरिकता कानुनको विरोधमा आज (बिहीबार) पनि देशभर प्रदर्शन भएको छ ।

प्रहरीले कानुनको विरोध गर्न प्रतिबन्ध लगाए पनि राजधानी नयाँदिल्लीसहित ठाउँ–ठाउँमा प्रदर्शन भएको हो । केही स्थानमा प्रदर्शन हिंसात्मक भएको छ ।

प्रतिबन्धको आदेशविपरीत प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कानुनको विरोधमा रहेका नागरिक समाज, राजनीतिक दल, विद्यार्थीहरुले शान्तिपूर्वक विरोधमा सहभागी हुन आग्रह गरेका छन् ।

दिल्ली, उत्तर प्रदेश र कर्नाटकका केही स्थानमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ तर, उक्त विधेयक संशोधन नभएसम्म प्रदर्शन नरोकिने प्रदर्शनकारीको अडान छ ।

नागरिकता विधेयकमा सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिकरुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिस्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ ।

विपक्षी दलहरुले मुस्लिम समुदायलाई सरकारले भेदभाव गरेको भनेर विरोध गर्दै आएका छन् । उनीहरुले यो विधेयक भारतीय संविधानको धारा १४ को समानताको हकसम्बन्धी व्यवस्थाविपरीत भएको तर्क गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal