आज :

मुख्यमन्त्री शाहीको कर्मचारीलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन र समयसीमा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कालिकोटमा निर्देशन दिँदै उनले कार्यक्रमको प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक समृद्धि हाँसिल हुने बताए ।

जनताको जीवनस्तर माथि उठाउन उनले ‘छोरी सुरक्षा’ कार्यक्रमको शुभारम्भ र विभिन्न विकास योजनाको अनुगमनसमेत गरे ।

“विकास योजना, कार्यक्रम र बजेट कार्यान्वयनको बलियो अंग भनेकै स्थायी संयन्त्र कर्मचारी हो,”मुख्यमन्त्री शाहीले भने,“तसर्थ सरकारले ल्याएको नीति, बजेट तथा कार्यक्रम कार्यसूची बनाएर तालिका अनुसार काममा निर्वाध लाग्नुहोस् ।’

कर्णालीको भौगोलिकता विकटता, जनशक्ति अभाव बजेट कार्यान्वयनको प्रमुख चुनौती भएको भन्दै जनशक्ति त्यसको व्यवस्थापनमा प्रदेश सरकार लागि परेको बताए ।

मुख्यमन्त्री शाहीले कालीकोटका स्थानीय तहका प्रमुख उपप्रमुख-अध्यक्ष उपाध्यक्षलाई राखेर संघीयता र जनताको मर्मअनुसार विकास योजनाको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित हुन सुझाए ।

संविधान, संघीयताको मर्म र जनअपेक्षा अनुसार विकास हुन नसकेको भन्दै उनले सबै तहका सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्न आग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal