आज :

ट्याक्टरले ठक्कर दिंदा १२ वर्षिय बालकको मृत्यु

सुखड । कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका ११ मुर्गवामा ट्याक्टरको ठक्करबाट १२ वर्षिय विशाल बलामी मगरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

प्रहरीका अनुसार डोटीको जोरायल घर भई फुपाजुको घरमा बस्दै आएका उनलाई नवलपुर बाट पहलमानपुर तर्फ आउँदै गरेको से १ त ४९२६ नं.को ट्याक्टरले ठक्कर दिएको हो ।

मृतक मगरको शव घटनास्थलमै प्रहरीको निगरानीमा रहेको छ । बालकको वुवा डोटीबाट आउँदै गरेको हुँदा शव घटनास्थलमै रहेको छ र फरार भएका ट्याक्टर चालक प्रहरीको सम्पर्कमा आएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal