News Portal

धनगढी उपमहानगरपालिकाका विद्यालयहरु २ बन्द हुने

१९१ पटक

कैलाली । केहीदिन देखि मौसममा आएको खराबीका कारण अत्याधिक चिसो बढेको छ ।

धनगढी उपमहानगरपालिकाले चिसोको कारण २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान शिक्षा सरोकारसँग बसेको बैठकपछि उपमहानगरपालिकाले वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी बिहीबार र शुक्रबार २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार विद्यालय नियमित सञ्चालन गर्न कठिनाइ भएपछि उपमहानगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

प्रतिकृया दिनुहोस्