आज :

बैतडीमा जिप पल्टिदा प्रहरी जवानको मृत्यु

काठमाडौं । बैतडीमा यात्रुबाहक जिप पल्टिदा १ जना प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका १ का २४ वर्षिय सुदीप श्रेष्ठ रहेका छन् ।

मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत रहेका थिए । आज खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म १ ज ३२९ नं.को जिप पुर्चौंडी नगरपालिका ६ सनगाउँमा सडकमै जिप पल्टेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले भन्यो, “चिप्लो सडकमा जिप अनियन्त्रत हुँदा दुर्घटना भएको हो । जिपमा सवार ७ जनाको अवस्था समान्य छ ।” जिप र जिप चालक पूर्णानन्द बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal